८ वैशाख २०८१ शनिबार
समाज

सिकाइका लागिे शैक्षिक भ्रमण

खोटाङ – शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन खोटाङको च्यास्मीटार माविले शैक्षिक भ्रमणको आयोजना गरेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको व्यवहारिक अध्ययन एवं अवलोकनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको हो ।

विद्यालयकै इतिहासमा पहिलोपल्ट आयोजना गरिएको शैक्षिक भ्रमण टोलीमा संलग्न शिक्षक तथा विद्यार्थीले मनोकामना, पोखरा, लुम्बिनीलगायत धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन गरेको प्रधानाध्यापक दानकुमार राईले बताए ।

पाठ्यपुस्तकको सैद्धान्तिक विषयलाई व्यवहारिक सिकाइका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको विद्यालयले जनाएको छ । खस्कँदो शैक्षिक स्तरलाई सुधार गर्दै ‘नमुना’ विद्यालयका रूपमा स्थापित गर्नका लागि जिल्ला शिक्षा कार्यालयले पनि २०७३ चैत अन्तिम साता प्रधानाध्यापक, स्रोत व्यक्ति, अनौपचारिक शिक्षा कार्यक्रमका सहयोगी कार्यकर्तालगायतको शैक्षिक अध्ययन–भ्रमणको आयोजना गरेको थियो ।

प्रकाशित: २ फाल्गुन २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App