८ वैशाख २०८१ शनिबार
खेल

रोहित शर्माको सतकमा दक्षिण अफ्रिका बिरुद्ध भारत विजयी

दक्षिण अफ्रिका – पाँचौ वान डे खेलमा ७३ रनले विजयी भएसँगैै भारतले दक्षिण अफ्रिकासँगको वान डे श्रृंखला कब्जा गरेको छ । मंगलबार बेलुकी दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथ मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ७५ रन बनाएको थियो।

भारतका लागि रोहित शर्माले सतकिय पारी खेल्ने क्रममा सर्वाधिक १ सय १५ रन बनाए । रोहितले १२६ बलमा ४ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान बिराट कोहलीले ३६, शिखर धवनले ३४,श्रेयस आयरले ३०, भुवनेश्वर कुमारले १९ र  महेन्द्रसिंह धोनीले १३ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ४ र कागीसो रबाडाले १ विकेट लिए।  

२ सय ७६ रनको विजयी लक्ष्यसहित ब्याटिङका लागि मैदान उत्रिएको दक्षिण अफ्रिका ४२.२ ओभरमा अलआउट हुदै २ सय १ रन मात्रै जोड्न सफल भयो । अफ्रिकाका लागि हाशिम अमलाले सर्वाधिक ७१ रनको योगदान दिए । त्यस्तै हेनरिच कालाशेनले ३९, डेभिड मिलरले ३६ र एडेन म्याक्रमले ३२ रनको योगदान दिए।

दक्षिण अफ्रिकालाई सस्तैमा समेटन भारतका बलरले उत्कृट प्रदर्शन गर्ने क्रममा कुलदीप यादवले ४ तथा युजवेन्द्र चाहल र हार्दिक पाण्ड्याले २–२ विकेट लिए । थप १ विकेट जसप्रित बुमराहको नाममा रह्यो।

योेसँगै भारतले दक्षिण अफ्रिकासँगको ६ वटा वान डे श्रृंखलामा ४–१ को अग्रता लिएको छ । छैटौं तथा अन्तिम वान डे शुक्रबार हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७४ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App