७ वैशाख २०८१ शुक्रबार
खेल

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा बुधबार (आज) नेपाल र क्यानडा भिड्दै छन् । अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडालाई ब्याटिङको निम्ता दिएको छ।

खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ ।

चार खेलबाट ६ अंक जोडेको नेपाल कमजोर रनरेटका कारण तेस्रो स्थानमा झरेको छ । समूहचरणको अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध खेल्दा नामिबियाले चौथो स्थानको युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्यानाडासँग पराजित भए शीर्ष दुईमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने सम्भावना समाप्त हुनेछ । जुन टोलीले जित्छ त्यही टोली शीर्ष दुईमा हुने भएकाले नेपालजस्तै क्यानाडा पनि जित्नै पर्ने दबाब हुनेछ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App