८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद बैठक बोलाइयो

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक केहीबेरमा बस्ने कानुनमन्त्री यज्ञबहादुर थापाले बताए।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बोलाइएको हो। निर्वाचन आयोगले पनि आजनै प्रतिनिधि सभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

आयोगले प्रतिनिधि सभाको परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।

 

प्रकाशित: २ फाल्गुन २०७४ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App