coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भ्यालेन्टाइन मुडमा पवन र सीमा

काठमाडौं – विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई भ्यालेन्टाइन डेको मुडमा प्रस्तुत भएका छन्। भ्यालेन्टाइन डेका अवसरमा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन्। 

खोटाङमा जन्मिएका पवनले पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन्। रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सिमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ। 

क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन्। मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ। 

प्रकाशित: २ फाल्गुन २०७४ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App