७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुजुकी सेलेरियोको धुम्मचक्कर

काठमाडौं – सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनाभर निरन्तरता दिएको छ। 

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभवतथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुम भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगरबाट माघ २०७४ मा सञ्चालन भई सफल भएको थियो। कम्पनीले यस टेष्ट राईड कार्यक्रम हालसम्म १८ स्थानमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
कम्पनीका अनुसार माघ महिनामा ७१४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी भएका छन्। सहभागी ग्राहकले सुजुकी सेलेरियोलाई एक परफेक्ट फेमिली कार भनेका छन्।

मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएमश्री सिरज पन्तका अनुसार “ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ र यो माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२०० भन्दा धेरै ग्राहकवर्गले यो सुविधा महसुस गुर्न भएको छ।”

सेलेरिया “द परफेक्ट फेमिलीकार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियानमार्फत बजारमा ल्याएको थियो। हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख क्यास ब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २ फाल्गुन २०७४ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App