७ वैशाख २०८१ शुक्रबार
राजनीति

त्रिलोचन भट्टद्वारा मुख्यमन्त्रीमा दाबी पेश

धनगढी – प्रदेश नम्बर ७ मा मुख्यमन्त्री नियुक्तका लागी त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष दावी पेश गरेका छन्। माओवादी केन्द्र र एमालेका ३७ जना प्रदेश शभा सदस्यको हस्ताक्षरसहितको पत्र भट्टले बुधवार प्रदेश प्रमुख समक्ष पेश गरेका हुन्।

बुधवार बिहान प्रदेश प्रमुखको आह्वानमा बसेको सर्वदलीय बैठकपछि प्रदेश प्रमुख मोहनराज मल्लले फागुन ४ गतेभित्र संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागी दावी पेश गर्न आह्वान गरेका थिए। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम मुख्य मन्त्री नियुक्त हुने नभएपछि धारा १ सय ६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र र एमालेका बहुमत प्राप्त सदस्यको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागी दावी पेश गरेका हुन्। मुख्यमन्त्रीको दावी पेश गर्न त्रिलोचन भट्टको साथमा माओवादी केन्द्रका प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट लगायत एमाले र माओवादीका उल्लेख्य प्रदेश सभा सदस्य उपस्थित रहेका थिए।

बिहिवार बिहानसम्म प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश सचिवालयका निमित्त सचिव हिरालाल चौधरीले बताए। फागुन ५ गतेभित्र मुख्यमन्त्रीको शपथ ग्रहण गराइने चौधरीले बताए। भट्टको समर्थनमा एमालेका २५ प्रदेश शभा सदस्य र माओवादी केन्द्रका १२ सदस्यले हस्ताक्षर गरे पनि माओवादी केन्द्रका भरत कुँवर र निर्मला बडालको हस्ताक्षर छुटेको बताइएको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App