८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले सच्यायो समानुपातिक सूची

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको नामवली सूची सच्याएको छ । निर्वाचन आयोगले समावेशी समूहअनुसार कांग्रेसले बुझाएको सूची पूर्ण नभएको जनाउँदै सच्याउन आग्रह गरेको थियो । त्यसपछि बुधबार कांग्रेसले अन्तिम सूचीमा रहेका दुई नाम हटाएर नयाँ नाम समावेश गरेको हो। 

कांग्रेसले स्याङ्जाका मोहनप्रसाद पाण्डे र सिन्धुलीकी दीपशिखा शर्माको नाम काटेर पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट र रगंमती शाहीको नाम पठाएको छ । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व नगराएपछि सूची सच्याउन आयोगले समय दिएको थियो । कोटा संशोधन भएपछि सांसद हुने मौका पाएका बिष्ट नेता रामचन्द्र पौडेल र शाही सभापति शेरबहादुर देउवा निकट हुन्। 

पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउँदा सांसद हुनबाट रोकिएका पाण्डे नेता पौडेलका विश्वासिला हुन भने शर्मा नेता विमलेन्द्र निधि निकट मानिन्छिन् । माघ २९ गते बसेको कार्यसम्पादन समिति बैठकले ४० जनाको नाम निर्वाचन आयोगलाई बुझाएको थियो ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App