७ वैशाख २०८१ शुक्रबार
खेल

डिएभी र हार्टल्यान्ड विजयी

काठमाडौं – डिएभी र हार्टल्यान्ड स्कुलले भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा जारी प्रधानसेनापति अन्तरस्कुल टी–ट्वान्टी क्रिकेटमा बुधबार जित निकालेका छन् । डिएभीले इपिएसलाई ८ तथा हार्टल्यान्डले बेबिलोनलाई ४ विकेट पराजित गरेका हुन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इपिएसले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । इपिएसका लागि अशोक पौडेलले सर्वाधिक ४२ रन जोडे । बलिङतर्फ डिएभीका समन श्रेष्ठले २ विकेट लिए ।

१ सय ३ रनको लक्ष्य डिएभीले ६ बलअगावै २ विकेट गुमाएर भेटाउन सफल भयो । डिएभीको जितका लागि रौनक गोयलले अर्धशतकीय इनिङ खेले । यस्तै, चिराग अग्रवालले १८ रन जोड्दा आशिष शाहले १४ रन जोडे । इपिएसका रिहान्त थापाले २ विकेट लिए ।अर्को खेलमा टस जितेर पहिला फिल्डिङ गरेको हार्टल्यान्डले ७१ रनको लक्ष्य १३.३ ओभरमा ६ विकेट गुमाएर भेटायो । हार्टल्यान्डको जितका लागि प्रवीन तिमिल्सिनाले अविजित १८ रन जोडे । बेबिलोनका सुमित शर्माले ३ विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको बेबिलोनले १९.२ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो । बेबिलोनका लागि रवि शाहले १२, रोहन श्रेष्ठ र प्रशान्त न्यौपानेले समान ८-८ रन जोडे । हार्टल्यान्डका सुदीप विष्ट, शैलेन्द्र अधिकारी र सन्देश पोखरेलले २-२ विकेट लिए ।प्रतियोगितामा बिहीबार लाइसियम र जेम्स तथा राजन मेमोरियल र मल्पीबीच खेल हुनेछन् ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App