१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेमिफाइनल समीकरण पूरा

काठमाडौं – खुकरी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मूलपानीको क्रिकेट मैदानमा बुधबार बालुवाटार क्रिकेट एकेडेमीले मकवानपुर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै शान्तिनगर युथ क्लबसँगको भेट पक्का गरेको हो ।

यस्तै, अन्तिम क्वार्टरफाइनलमा इन्टर डिस्ट्रिकलाई आयोजकले अनुशासनविपरीत खेलमा खेलाडी उपस्थित गराएको भन्दै अयोग्य घोषण गरेपछि रोयल पिसीले सीधै सेमिफाइनलमा प्रवेश पाएको हो ।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटारले निर्धारित २० ओभरको समाम्तिमा ६ विकेट गुमाएर १ सय ६७ रन जोड्न सफल भएको थियो । खेलमा बालुवाटारका लागि पृथु बास्कोटाले सर्वाधिक ४५ रनको इनिङ खेल्दा सुमन उदय ४४ रनमा सुरज पटेलबाट क्याच भए । यस्तै, प्रनित थापामगरले २५ रन जोड्दा सोनु तामाङ २० रनमा अविजित रहे । बलिङमा मकवानपुरका लागि असीम श्रेष्ठले २ तथा हसिम अन्सारी र रोविन गुरुङले समान १-१ विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य लिएर जबाफी ब्याटिङमा उत्रिएको मकवानपुर १८.५ ओभरमा १ सय ४५ रनमा समेटियो । खेलमा हसिम अन्सरीले ४७ रनको व्यक्तिगत  स्कोर बनाए पनि  अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न सकेनन् । मकवानपुरलाई सस्तैमा समेट्न बालुवाटारका क्षितिज सिंहले ३, रितेश सिंह र सिद्धान्तराज शाहीले समान २-२ विकेट लिए ।प्रतियोगितामा बिहीबारबाट सेमिफाइनलका खेल त्रिभुवन विश्वविद्यालय मैदानमा हुनेछन् । बिहीबार शान्तिनगर युथ क्लब र बालुवाटर क्रिकेट क्लब तथा केसिटिसी र रोयल पिसी फाइटरबीच खेल हुनेछन् ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App