coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धमाधम स्थापना हुँदै मन्त्रालय

विराटनगर – प्रदेशको राजधानी विराटनगरमा धमाधम मन्त्रालय स्थापना हुन थालेका छन् । सरकार गठनको तयारी सुरु भएस“गै धमाधम मन्त्रालयहरू सञ्चालनमा आउन थालेका हुन्।

सोमबार एकै दिन  दुईवटा मन्त्रालय सञ्चालनमा आएका छन्। प्रदेशको सबैभन्दा महत्वपूर्ण मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था तथा कृषि मन्त्रालय सञ्चालनमा आएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हाल केन्द्रमा कायम रहेका गृह, सामान्य प्रशासन, कानुन र सञ्चार मन्त्रालयको काम गर्नेछ । मन्त्रालय स्थापना भएस“गै प्रदेशको १४ वटै जिल्लामा अवस्थित मातहत कार्यालयहरू प्रदेश मन्त्रालयकै  निर्देशनअनुसार सञ्चालन हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीले जानकारी दिए । संक्रमणकालीन  अवस्था भएकाले तत्काललाई  केन्द्रकोसमेत सहयोग लिइने उनले स्पष्ट पारे । स्थायी रूपमा मन्त्रालयका लागि विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको पुरानो भवन मर्मत सम्भार भइरहेको छ । हाललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रहेको भवनबाटै अस्थायी रूपमा मन्त्रालयको काम सुरू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश सचिव यादवराज कोइरालाले उद्घाटन गरेका थिए । यस्तै सोमबार नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि सञ्चालनमा आएको छ । 

विराटनगरस्थित क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मन्त्रालय स्थापना गरिएको हो । प्रदेशका ७ वटा मन्त्रालय मध्ये हालसम्म चारवटा मन्त्रालय स्थापना भइसकेको छ । यसअघि नै क्षेत्रीय कृषि निर्देशनालयको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । यस्तै क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग पर्यटन तथा वातावरण मन्त्रालय स्थापना भइसकेको छ । अझै तीनवटा कार्यालय स्थापना हुन बा“की नै छ । विराटनगरस्थित घरेलु तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सुनसरी मोरङ सिँचाइ आयोजना भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको भवनमा सामाजिक विकास मन्त्रालय स्थापानको तयारी गरिएको छ । स्थापना हुन बा“की मन्त्रालय सरकार गठन हुनुभन्दा पहिले नै सञ्चालनमा ल्याइसक्ने जनाइएको छ । 

सरकार गठन फागुन ३ गते 

उपसभामुख र प्रदेश सरकार गठनको एकैदिन गर्ने तयारी थालिएको छ । प्रदेश १ मा एमालेको स्पष्ट बहुमत रहेका कारण एमालेको नेतृत्वमा सरकार गठनको तयारी सुरु गरिएको हो । सरकार गठनका लागि एमालेले संसदीय दलको नेता निर्वाचित गरिसकेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले मुख्यमन्त्रीको विषय पनि टुंगोमा पुगिसकेको छ ।  मन्त्रालय भागबन्डाबारे हाल गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले एक्लैलाई सरकार बनाउन स्पष्ट बहुमत भए पनि माओवादीस“ग पार्टी एकताको अजेन्डासहित सहकार्य भइरहेकाले माओवादी केन्द्रलाई समेत सरकारमा समावेश गराउनुपर्ने छ । यहिकारण कुन–कुन मन्त्रालय क–कसले लिने भन्ने विषयमा छलफल भइरहेको छ । एमालेका संसदीय दलका नेता शेरधन राईले संसदीय दलको नेता  निर्वाचित भएलगत्तै ढिलोमा  फागुन २ गतेभित्र सरकार गठन गरिसक्ने दाबी गरे पनि फागुन ३ गते सरकार गठन गर्न एमालेले आन्तरिक  तयारी गरिरहेको  स्रोतले जनाएको छ । 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App