coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मानेको ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

पोर्चुगल – च्याम्पियन्स लिग फुटबलमा इङलिस क्लब लिभरपुलले पोर्चुगली क्लब एफसी पोर्टोलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

पोर्टोको घरेलु मैदानमा बुधबार राति सम्पन्न प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सादियो मानेको ह्याट्रिक र रोबेर्टो फिरमिनो तथा मोहम्मद सलाहको एक/एक गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गरेको हो। 

खेलको २५ औं मिनेटमा मानेको गोलमा अग्रता लिएको लिभरपुलले २९औं मिनेटमा सलाहको गोलमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा २ गोलको अग्रता बनाएको लिभरपुलका लागि ५३ औं मिनेटमा पुन मानेले ब्याक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

त्यस्तै ६९ औं मिनेटमा रोबेर्टो फिरमिनोले गोल गरेपछि लिभरपुलले ४–० अग्रता लियो । लिभरपुलका लागि मानेले ८५ अाैं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । जितसँगै लिभरपुलले क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग लिभरपुलकाको घरेलु मैदानमा हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App