५ वैशाख २०८१ बुधबार
समाज

आमाको किरीयामा छोरीहरू

आमाको किरियामा बसेका छोरीहरु ।

काठमाडौं – शान्ता अर्याल ६ महिनाको छँदा बुवा बेप भए । उनकी आमा उमाकली ज्ञवालीले उनीसहित ५ दिदीबहिनीलाई बुबा–आमा दुवैको माया दिँदै हुर्काउनु भयो । ९२ वर्षको उमेरमा मंगलबार आमाको निधनपछि यीनै पाँच दिदीबहिनी किरियामा बसेका छन्।

‘आमाले हामीलाई बुवाको कमीको कहिल्यै महसुस हुन दिनु भएन,’ कान्छी छोरी अर्यालले भनिन्, ‘हामीले पनि आमालाई छोराको कमी महसुस हुन दिएनौं ।’  अर्घाखाँचीमा ५० वर्ष अगाडी गाउँबाट बुवा बेपत्ता भएपछि आमाको सहारामा हुर्केका यी पाँच छोरीले मंगलबार आमालाई दागबत्ती दिँदै पशुपतीमा किरिया बसेका हुन्।

‘उहाँले हामीलाई बुवाको कमी कहिल्यै महसुस हुन दिनु भएन,’ किरियामा बसेकी कान्छी छोरी शान्ता अर्यालले भनिन्, ‘हामीले पनि आमालाई छोराको कमीको महसुस हुन दिएनौं।’

किरियामा ७० वर्षीया डोमादेवी अधिकारी, ६५ वर्षीया रिमा गौतम, ६० वर्षीया सीता गौताम ५५ वर्षीया चन्द्रकला भट्राई र ५० वर्षीया शान्ता अर्याल बसेका छन् । आमाले विभेद नगरी आपूmहरूलाई हुर्काएको उनीहरूले सुनाए।

पत्थरी र पक्षघात रोग लागेकी उमाकला पछिल्लो दुई वर्षदेखि कान्छी छोरी शान्ताको घरमा बस्दै आएकी थिइन् । पाँच दिदीबहिनीमध्ये जेठी डोमादेवीको श्रीमान् २२ वर्ष अगाडी नै  बितेका कारण उनी भने सेतो कपडामा छिन् । अन्य दिदीबहिनी  चोखो कपडामा किरियामा बसेका छन् । ‘श्रीमान् हुनेले सेतो लगाउन नहुने भएकाले जेठी दिदी मात्र सेतोमा हनुहुन्छ,’ सीता गौतमले भनिन्, ‘हामी चाहीँ चोखो कपडा लगाएर आमाको किरियामा बसेका छौं।’

आमाको मृत्युलगत्तै दागबत्ती दिने तथा अन्य काम गर्न आफन्त र नजिकका दाजुभाई अगाडी सरे पनि उनीहरूले आफ्नो कर्तव्य ठानेर किरियामा बसेको सुनाए । ‘आफन्तहरू हामीले के गर्नुपर्छ भन्नु हुन्थ्यो,’ शान्ताले भनिन्, ‘हामीले आफ्नो कर्तव्य र हक ठानेर किरियामा बस्ने निर्णय गरेका हौं।’

उनीहरूले यो कार्यलाई कुनै क्रान्तीभन्दा पनि सन्तानको कर्तव्यका रूपमा लिएका छन् । ‘आमाले पनि आफ्नो मृत्युपछि कसले के गर्ला भनेर कहिल्यै चिन्ता लिनु भएन,’ शान्ता सुनाउँछिन्, ‘उहाँलाई हामीहरू प्रति पूरा विश्वास थियो ।’
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App