coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भिडियोमा हेर्नुस् प्रधानमन्त्री ओलीको सपथ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। ओलीले माओवादीको समर्थनमा विहीबार विहान मात्रै प्रधानमन्त्रीमा दावी पेश गरेका थिए। 

ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए। 

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए।

भिडियोः दिपेन्द्र रोक्का

प्रकाशित: ३ फाल्गुन २०७४ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App