coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीलाई चीनको बधाई, बंगलादेश भ्रमणको निम्तो

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले बधाई दिएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले विहीबार बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि उल्लेख गरेका छन्।

बंगलादेश भ्रमणको निम्तो

यसैबीच प्रधानमन्त्री ओलीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताएकी छन्। 

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छन्। उनले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७४ १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App