८ वैशाख २०८१ शनिबार
अर्थ

बोराबन्द सामान आयात उच्च

वीरगन्ज सुक्खा बन्दरगाहमा‘बैग कार्गो’ रेकबाट आएका बोराबन्द सामान। तस्बिर : रितेश-नागरिक

वीरगन्ज – भारत तथा विदेशबाट नेपालका लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने वस्तुको आयात बढ्दो छ । वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोरा बन्दसमान बोकेर आउने रेल चालु आर्थिक वर्ष ०७४-७५मा बढ्दो छ ।

एउटा समग्र रेल अर्थात रेकमा एकै प्रकारको वस्तु करिब दुई हजारचार सय टन एक पटकमा बोकेर यस्ता रेल आउने गरेका छन् । सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनलको रेकर्ड अनुसार ‘बैग कार्गो’मार्फत आव माघ महिनामामात्र २८ वटा रेक आएका छन् ।

चालु आवको साउनदेखि माघसम्मको सात महिनामा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भएर एक सय ४१ रेक बोराबन्द मालसामान भित्रिएको छ । यो भनेको तीनलाख३८ हजार चार सय टन मालसामानअर्थात १५ टन क्षमताको २२ हजार पाँचसय ६० वटा ट्रक बराबर सामान हो । गत मधेस आन्दोलनका समयमा वीरगन्जनाकामा अवरोध भएपछि धेरै मालवस्तु सुक्खा बन्दरगाह नाकातिरबाट आयात हुने क्रममा एक्कासी‘बैग कार्गो’को संख्या बढेको थियो । आव ०७२-७३ मा‘बैग कार्गो’का एक सय ९१ वटा रेक भित्रियो ।

आव०७१-७२ मा एक सय २४ वटा ०७२-७३ मा एक सय ९१ र ०७३-७४ मादुई सय बिसिएन रेक अर्थात ‘बैग कार्गो’ रेल भित्रिएको थियो । यो वर्ष मासिक रुपमाऔसत २० रेकभन्दा बढी ‘बैग कार्गो’आयात छ । यही आनुपातमा बोरा बन्द सामानको आयात रहने हो भने आवको अन्तसम्म‘बैग कार्गो’ रेकको संख्यादुई सय ४१ पुग्ने देखिन्छ । यसरी पोहोरभन्दा‘बैग कार्गो’मालवस्तुको आयात २० प्रतिशतभन्दा बढीले बढेको छ ।

‘बैगकार्गो’मार्फत विभिन्न फरक फरक प्रकृतिका वस्तु ढुवानी हुने गरेको छ । सिर्सिया सुक्खा बन्दरगाहमा‘बैग कार्गो’माआउने मुख्यवस्तु रासायनिक मल र पशुपक्षीको दाना बनाउन प्रयोग हुने भटमास तथा मकै हुन् । त्यस्तैचिनी, सिमेन्ट र फलाम उद्योगले सस्तो कच्चापदार्थका रुपमा भित्र्याउने पिग आइरन (गेडा फलाम) जस्ता वस्तु पनि बोराबन्द रुपमा‘बैग कार्गो’मार्फत सुक्खा बन्दरगाह भएर भित्रिने गरेको छ ।

‘राजस्व संकलनका दृष्टिकोणले कम योगदान गर्ने वस्तु ‘बैग कार्गो’मार्फत आउने गरेका हुन्,’ वीरगन्जसिर्सियास्थित सुक्खाबन्दरगाहभन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले भने, ‘चिनी, रासायनिक मल र कच्चा पदार्थका रुपमा उपयोग हुने वस्तु यसबाट आउने हुन् ।’भारतबाट आयात हुने रासायनिक मल भारतकै विभिन्न स्थानबाट लिएर रेल सिर्सिया सुक्खा बन्दरगाह आइपुग्छन् । त्यस्तै विदेशबाट समुद्री बाटो भएर मल, चिनी, भटमास वाकमै आयात हुँदा भारतकै पश्चिम बंगालस्थित हल्दिया र कोलकाता बन्दरगाहबाट बोकेर ‘बैग कार्गो’आउने गरेको छ ।


 

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App