६ वैशाख २०८१ बिहीबार
अन्य

कपाल खौरिदिने अामै

भक्तपुरको नागपोखरीनजिक पाटीमा ग्राहकको कपाल–दारी खौरिदिँदै ७७ वर्षीया देवलक्ष्मी नापित । तस्बिर : उपेन्द्र लामिछाने

राजधानीका आधुनिक सैलुनमा युवतीहरूले पुरुषको कपाल काट्न थालेको धेरै भएको छैन । तर, भक्तपुर नागपोखरीकी ७७ वर्षीया देवलक्ष्मी नापितले भने विगत ६ दशकदेखि पुरुषको कपाल र दारी खौरँदै आएकी छन्। 

स्थानीय ‘पोर्टर स्क्वायर’को नापित समुदायमा जन्मेकी देवलक्ष्मीले बाल्यकालदेखि नै कपाल काट्ने काम सुरु गरेकी हुन्। ‘काम गर्न सक्ने भएदेखि नै बुबालाई सघाउँदै आएकी हुँ,’ उनले भनिन्, ‘काम अहिलेसम्म सकिएको छैन ।’ 
नापित पहिले–पहिले धान लिएर कपाल काट्ने गर्थिन् । अचेल भने भक्तपुरमा कृषियोग्य जमिन र किसानकै संख्या घटेको छ । त्यसैले गर्दा उनी पैसा लिएर नै कपाल काट्ने गर्छिन्। 

‘पहिले एउटा टाउकाको एक पाथी धानका हिसाबले वार्षिक ज्याला लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले प्रति टाउको ५० रुपैयाँका दरले कपाल–दारी खौरन थालेकी छु ।’ उनी हरेक दिन घरनजिकैको पाटीमा बसेर कपाल खौरने गर्छिन् । 
‘यो हाम्रो पेसा पनि हो, संस्कृति पनि हो,’ उनी भन्छिन्, ‘हाम्रो कर्मले दुवैको रक्षा भएको छ ।’ काम गर्ने छोरा भए पनि सकुन्जेल कपाल काटिरहने उनले बताइन् । उपत्यकाका नापितहरूको कपाल काट्ने परम्परागत पेसा हो। 

स्थानीय ‘पोर्टर स्क्वायर’को नापित समुदायमा जन्मेकी देवलक्ष्मीले बाल्यकालदेखि नै कपाल काट्ने काम सुरु गरेकी हुन् । ‘काम गर्न सक्ने भएदेखि नै बुबालाई सघाउँदै आएकी हुँ,’ उनले भनिन्, ‘काम अहिलेसम्म सकिएको छैन।’ 

देवलक्ष्मीका दुई छोरा र पाँच छोरी छन् । २०५१ सालमा आफ्ना श्रीमान् बितेपछि परिवारको बोझ थपिएको उनले बताइन् । ‘उहाँ हुँदा उहाँलाई सघाउन काम गरियो,’ उनी भन्छिन्, ‘उहाँ नहुँदा त धेरै नै काम गरियो।’ 

उनले आफ्ना छोराले पनि यही पेसा अँगालेको बताइन् । ‘सबैजना मिलेर काम गर्छौं,’ उनले भनिन्, ‘कहिलेकाहीँ त मेरी छोरीले पनि सघाउँछे।’

देवलक्ष्मीले ५० वर्षीया छोरी जयलक्ष्मी ताल्चाभडेलले आमाले सिकाएका कारण आफूले पनि कपाल काट्न जानेको बताइन्  । उपत्यकामा अन्य क्षेत्रबाट आएर सैलुन खोल्ने बढेपछि नापित समुदायको परम्परागत पेसा संकटमा परेको उनले बताइन् । ‘अब हामीजस्ता मान्छे बिस्तारै यो कामबाट हराउँदै छन्,’ उनले  भनिन्। 

उपत्यकामा बसोबास गर्ने नापित समुदायले परम्परागत रूपमा कपाल, दारी र नङ काटिदिने पेसा अपनाउने गर्थे । नेवार समुदायमा पितृकार्य गर्दा नापितद्वारा नै कपाल कटाउने चलन थियो । आधुनिक सैलुन खुल्नुका साथै पुराना परम्परामा परिवर्तन चाहने बढ्दै जाँदा अचेल भने नापित समुदायका मानिसले समेत अन्य पेसा व्यवसाय गर्न थालेका छन्। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App