७ वैशाख २०८१ शुक्रबार
अन्य

सार्वजनिक यातायातमा यात्रु तानातान

फाइल तस्बिर : नागरिक

गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे। 

कलंकी बस्ने कैलालीका योगप्रसाद खतिवडा दैनिक उपभोग्य वस्तु किन्न कलंकी आसपास हिँडडुल गर्छन्। पूर्व–पश्चिम चल्ने सवारीसाधनका कन्डक्टरले यात्रु खोज्ने कसरतमासोधिखोजी गरेर हैरान पारेको बताउँछन् । ‘दाइ पूर्व जाने ? दाइ पश्चिम जाने? भनेर दिक्क लगाउँछन्,’ उनले भने, ‘म यहीँ बस्छु भनेर बारम्बार दोहोर्‍याउँदा हैरान भइन्छ।’

कलंकीस्थित बैंकमा काम गर्ने मातातीर्थकी प्रिया पौडेल पनि कन्डक्टरले सोधिखोजी गर्दा हैरान छिन् । उनी ब्याग बोकेर अफिस जाने गर्छिन्। 

लामो दूरीका यातायात कर्मचारीको व्यवहारले यात्रु हैरानी खेप्न बाध्य छन् । यसलाई रोक्न प्रहरी प्रशासनले बेवास्ता गरेको यात्रुहरूको आरोाप छ। 

‘कलंकीमा लोकल बस हत्तपत्त भेटिँदैन,उभिएर बस पर्खिँदा लामो दूरीका बसवालाले हैरान पार्छन्,’ उनले भनिन्, ‘कतिले त हात समाएर तान्छन्, कतिले ब्यागमा समाएर तान्छन्।’

जहाँ पायो त्यहीँ बस रोक्न छुट भएकाले यस्तो समस्या आएको उनले बताइन्। यसको समाधानका लागि लामो दूरीका सवारीलाई रोक्न निश्चित ठाउँ व्यवस्थित गर्नु पर्ने उनको भनाइ छ। 

यी त प्रतिनिधि घटना मात्र हुन्, लामो दूरीका यातायात कर्मचारीको व्यवहारले यात्रु हैरानी खेप्न बाध्य छन्। यसलाई रोक्न प्रहरी प्रशासनले बेवास्ता गरेको यात्रुहरूको आरोाप छ। 

कलंकी चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी जगदीश चौधरी कमिसनका लागि यात्रु तानातान गरिँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको बताउँछन्। ‘यात्रु खोज्नेलाई टिकट काउन्टरले कमिसन दिँदा रहेछन्,’ उनले भने, ‘यसकै लागि यात्रुको तानातान हुने गरेको छ।’ 

चोकमै गाडी रोक्ने प्रवृत्तिले समस्या आएको उनको भनाइ छ। यसको समाधान गर्न सरकारले ठाउँठाउँका खाली जग्गामा मिनी बसपार्क खोल्नुपर्ने उनले बताए। बसपार्कभित्रै काउन्टरमा टिकट काट्न अनिवार्य गर्ने हो भने यात्रु तानातान घट्ने चौधरीको अनुमान छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारलेनियमानुसार यात्रुले सम्बन्धित ठाउँमा मात्र टिकट काट्नुपर्ने बताउँछन् । ‘विशेष अवस्थामा बाहेक बसपार्कभन्दा बाहिर रोकेर यात्रु चढाउन वा ओराल्नपाउँदैनन्,’ उनले भने, ‘रात्रि चढ्ने बसमा यो समस्या बढी छ ।यात्रु तानातान गर्नु अस्वस्थ प्रतिष्प्रर्धा रहेको उनको भनाइ छ। 

यात्रुतानातान र ट्राफिक नियमलाई उल्लंघन गर्नेलाई कारबाही गर्ने प्रवक्ता रञ्जितकारले बताए ।यो समस्या नयाँ बसपार्क आसपास,कलंकी चोकलगायत ठाउँमा बढी छ। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App