८ वैशाख २०८१ शनिबार
अन्य

‘बाँच्नका लागि कष्ट झेल्नुपर्दोरहेछ’

रामेछाप दोरम्बाकी ५० वर्षीया जानुका भण्डारी विगत नौ वर्षदेखि राजधानीमा मकै पोलेर गुजारा चलाउँदै छिन् । कोटेश्वर नजिकैको पुलको छेउमा मकै बेच्दै आएकी उनले यसैको कमाइबाट छोरीलाई ११ कक्षा सम्म पढाएकी छन् ।
सडकछेउ धुलोमा बसेर धुवाँ उडाउँदै मकै पोल्नु कम्ता सास्ती छैन । तर, त्योभन्दा सास्ती राजधानीमा बेरोजगार भएर बाँच्नु रहेको उनले बताइन् । ‘बाँच्नैका लागि  कष्ट झेल्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘यसको आम्दानीबाट खुसी नै छु ।’
प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: ४ फाल्गुन २०७४ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App