coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस कारण छान्न सकेन माओवादीले मन्त्री

पोखरा- प्रदेश–४ को मन्त्रीमण्डलमा सहभागिता जनाउने बारेमा छलफल गर्न बसेको माओवादी केन्द्रको प्रदेश संसदीय दलमा बैठकमा ब्यापक विवाद भएको छ। विवादपछि सहभागि हुने सदस्यको टुंगो लागेको छैन। विवादका कारण माओवादीले प्रदेश सरकारमा सहभागि मन्त्रीको नाम पठाउन सकेन।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारमा दलका नेता हरिबहादुर चुमान र गोरखाका लेखबहादुर थापामगरलाई पठाउने प्रस्ताव भएपछि कास्कीका सदस्यहरुले आपत्ति जनाएका थिए। कास्कीबाट विजयी सदस्यले कम्तिमा एउटा मन्त्रालय कास्कीलाई दिनुपर्ने बताएपछि विवाद भएको थियो ।
संसदीय दलको बैठकमा गएर माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकाजी गुरुङले चुमान र थापालाई मन्त्री बनाउने प्रस्ताव एकाएक गरेका थिए। उनको प्रस्ताव अरु सदस्यहरुले अस्विकार गरेपछि विवाद बढेर बैठक बिना निर्णय टुंगिएको नेताहरुले बताएका छन्। माओवादीले चुमानलाई आन्तरिक मामिला तथा कानुन र थापालाई भूमि, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व दिलाउने गरि प्रस्ताव गरेका थिए । तर, अरु सदस्यले त्यो प्रस्ताव अस्वीकृत गरेपछि विवाद बढेको हो।

संसदीय दलको बैठकमा गएर माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकाजी गुरुङले चुमान र थापालाई मन्त्री बनाउने प्रस्ताव एकाएक गरेका थिए। उनको प्रस्ताव अरु सदस्यहरुले अस्विकार गरेपछि विवाद बढेर बैठक बिना निर्णय टुंगिएको नेताहरुले बताएका छन्।

‘प्रदेश सरकारमा सहभागि गराउने विषयमा छलफल हुँदै थियो । बीचैमा राजकाजी जी आएर तनहुँ (चुमान) र गोरखा (थापा) बाट मात्र मन्त्री पठाउने निर्णय गर्न दवाव दिनुभयो,’ कास्कीबाट विजयी सदस्य दीपक कोइरालाले भने, ‘कास्कीलाई पाखा लगाउन खोजेकोले हामीले मानेनौं ।’ संसदीय दलले निर्णय गर्नुपर्ने भएपनि गुरुङले बीचैमा हस्तक्षेप गरेको कोइरालाले बताए।
कास्कीलाई पाखा लगाएको खण्डमा आफुहरुले संसदीय दलको नेता विरुद्ध अविश्वासका प्रस्ताव लैजाने पनि कोइरालाले बताए। प्रदेशमा माओवादी केन्द्रमा १२ जना सदस्य छन। ‘अविश्वासको प्रस्ताव पेश गर्न कम्तिमा ४ जना चाहिन्छ । तीनजना हामी कास्कीमै छौं । अपुग एकजना हामीले अन्य जिल्लाका साथीलाई भित्र्याउँछौं,’ उनले भने, ‘चारजना सदस्य भएपछि संसदीय दलको नेता विरुद्ध नै अविश्वासको प्रस्ताव लैजान सकिन्छ ।’ कास्कीबाट कसैलाई पनि मौका नदिएर बाहिर लैजान खोजेपछि सहमति हुन नसकेको उनले बताए।
संसदीय दलको बैठकमा सहभागि नभएको दावी गर्दै पोलिटब्यूरो सदस्य राजकाजी गुरुङले चुमान र थापामगरका नाममा सहमति जुटेको भन्ने जानकारी पाएको बताएका छन्। ‘शुक्रबार बिहान बसेको दलको बैठकले प्रदेश सरकारमा पठाउने सहभागिबारे सहमति गरेको भन्ने सुनेको छु,’ उनले भने, 'तर म बाहिर भएकोले पुरै विवरण थाहा छैन।'
संसदीय दलका नेता चुमानले भने प्रदेश सरकारमा सहभागि हुनेको नाम प्रस्ताव भएपनि सहमति नजुटेको बताए। दलको अनौपचारिक बैठक बसेको र त्यसमा राजकाजी गुरुङ सल्लाह दिनमात्र उपस्थित भएको उनले बताए। ‘संसदीय दलको बैठक औपचारिक भएको भए राजकाजी सहभागि हुनुहुन्थेन। अनौपचारिक छलफल भएकोले उहाँ (राजकाजी) आउनु भएको हो,’ चुमानले भने, ‘अहिलेसम्म दुईजनाको बारेमा प्रस्ताव मात्र भएको छ । सहमति जुटेको छैन ।’ उनले छिट नै सरकारमा सहभागि हुने सदस्यबारे टुंगो लगाउने बताए।
माओवादीले नाम नदिँदा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको रुपमा रामशरण बस्नेतलाई मात्र नियुक्त गरेका छन । बस्नेत गोरखाबाट विजयी भएका सदस्य हुन् । बाँकी सबै मन्त्रालयको जिम्मा स्वयं मुख्यमन्त्री गुरुङले लिएका छन् । उनले छिटै नै मन्त्रीमण्डलले पूर्णता पाउने पनि बताए ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App