६ वैशाख २०८१ बिहीबार
कला

सरोजले जिते छमछमी

काठमाडौं– हेटौडाका सरोज राना प्रजा डान्सिङ रियालिटी सो ‘रियो छमछमी सिजन थ्री’को विजेता बनेका छन् । सरोजले दुई लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । विजेता सरोजले ‘डाट्सन रेडी गो’ कार पुरस्कार पाएका छन् ।

दुई लाख एक हजार चार सय १७ एसएमएस प्राप्त गर्दै धरानकी मनिता राई ‘फस्ट रनर अप’ बनेकी छिन् । उनले ५ लाख रुपैयाँ बराबरको एलजी होम अपलायन्सेस पाएकी छिन् ।त्यस्तै ९३ हजार ८ सय ३० एसएमएस पाएर सुर्खेतका शेखर घर्तीमगर सेकेन्ड रनर अप बनेका छन् । उनले तीन लाख बराबरको एलजी होम अपलायन्सेस पुरस्कार पाए । रामेछापकी रविता मगर र धरानकै केविका खत्री क्रमशः चौथो र पाँचौँ भएका छन् ।

        

प्रकाशित: ५ फाल्गुन २०७४ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App