१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

मुम्बई – सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।

‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भुमिकामा देखिनेछिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भुमिका निर्वाह गर्नेछन्।

सपना दिदीको अभिनय गर्न दिपीकाले माफिया र गुण्डाको भाषा सिकिरहेकी छन्। सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन्।

यो फिल्मको शुटिङका लागि दीपिका र इरफान आगामी ५ मार्चमा नेपाल आउने बताइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७४ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App