७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले अहिले नै उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिएका छन्। 

हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ। हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो। 

यसैकारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गरेका थिए।

सो बैठकमा उनको उपस्थितिका लागि निमन्त्रणा पत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गरेका छन्। उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले सो पत्र मुनलाई हस्तान्तरण गरेकी थिइन। उनी सो ओलम्पिकमा सहभागिताका लागि त्यहाँ गएकी थिइन।

दक्षिण कोरियाको पियनचोन नामक सहरमा रहेको प्रेस सेन्टरमा सम्वाददाताहरुसँग राष्ट्रपति मुनले भने– दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावनाहरु छन्, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ तर अहिले नै बैठकमा बसिहाल्ने भन्ने कुरा चाहिँ अलि हतार हुनसक्छ।

सम्वाददाताहरुको जिज्ञासामा उनले भन्नुभयो– हामी कोरियनहरुले हतारमा काम गर्छौँ भन्ने प्रचलन नै छ। यसै सन्दर्भमा उनले कोरियाली उखान सुनाए– हामी कोरियालीहरुलाई हतारमा कामगर्ने भनेर यस्तो स्थानीय उखानको प्रयोग गर्ने गरिएको छ– इनारको छेउमा तातोपानी खोज्ने। 

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्धहरु अहिले पनि कायमै छन्। उसलाई सुरक्षा परिषदले पनि यस विषयमा कालो सूचीमा राखेको छ। उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षणहरु गरेको थियो। उनले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकासँग पनि वार्ता गर्नुपर्ने विषयमा राष्ट्रिय सहमतिको वातावरण भने बनिरहेको बताए।

हामी पनि दक्षिणको तर्फबाट तयार नै छौँ र उत्तर कोरियाले पनि वार्ताको पहल गरेको छ यो राम्रो र सकारात्मक पहल हो भन्दै उनले यही अवस्थाबाट अघि बढेमा आगामी केही दिनमा प्रारम्भिक रुपमा वार्ता हुने र अर्को बृहत मात्राको बैठक भने केही पछि नै गर्नुपर्ने उनले बताए। एएफपी

प्रकाशित: ५ फाल्गुन २०७४ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App