८ वैशाख २०८१ शनिबार
राजनीति

बडाल उपसभामुखमा निश्चित

धनगढी –प्रदेश ७ मा माओवादी केन्द्रका दार्चुलाका प्रदेशसभा सदस्य निर्मला बडाल जोशी उपसभामुख हुने भएकी छन । प्रदेश सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार शनिबार उपसभामुखका लागि जोशीको मात्र मनोनयन दर्ता भएको छ ।


अछामका प्रदेशसभा सदस्य झपट बहादुर बोहराको प्रस्ताव र कञ्चनपुरका प्रदेशसभा सदस्य तारालामा तामाङको समर्थनमा उनले मनोनयन गर्दा गरेकी हुन् ।आइतबार बस्ने प्रदेशसभाको तेस्रो बैठकले उनलाई निर्विरोध उपसभामुख घोषणा गर्ने छ यसअघि एमालेका अर्जुन थापा निर्विरोध चयन भएका छन् ।

माओवादी केन्दबाट बझाङका देवकी मल्ल र डडेल्धुराका कुन्ती जोशीको नाम चर्चामा रहे पनि प्रदेश कार्यालयका उपलव्ध पदाधिकारी र संसदीय दलको बैठकले सर्वसम्मत निर्मला बडाल जोशीलाई उपशभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।‘ प्रदेश कार्यालयका पदाधिकारी र संसदीय दलका संयुक्त बैठकले उनलाई सर्वसम्मत उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो,’ प्रदेश ७ कार्यालयका प्रचार विभाग प्रमुख सरलभाटले भने ।

माओवादी केन्द्रको प्रदेशसभा सदस्यमा देवकी मल्ल, कुन्ती जोशी, निर्मला बडाल, शान्ती नेपाली र विनिता चौधरी गरेर ५ जना महिला सदस्य रहेका छन । ५३ जनामध्ये माओवादीका १४ प्रदेशसभा सदस्य छन् ।
२९ गते सभामुखको औपचारिक घोषणा भएको थियो । सभामुखमामा अर्जुनबहादुर थापा नेकपा एमालेका तर्फबाट बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने उपसभामुखमा मनोनय दर्ता गरेकी निर्मला बडाल जोशी माओवादी केन्द्रबाट समानुपातिक कोटावाट निर्वाचित सदस्य हुन् । संविधानमा सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंग हुनुपर्ने प्रावधान रहेको छ ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App