८ वैशाख २०८१ शनिबार
राजनीति

सर्लाहीमा २२ सांसद


सर्लाही – प्रतिनिधि एवं प्रदेशसभामा सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या २२ पुगेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जिल्लाबाट विभिन्न राजनीतिक दलका १० सांसद निर्वाचित भएसँगै प्रतिनिधि एवं प्रदेशसभामा गरी २२ जना सांसदको प्रतिनिधित्व भएको हो ।

सर्लाहीमा ४ वटा प्रतिनिधिसभा एवं ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि र प्रदेशसभामा गरी जिल्लामा प्रत्यक्षतर्फ १२ जना सांसद निर्वाचित भएका छन् । समानुपातिकका सांसदसेमत जोड्दा सर्लाहीबाट प्रतिनिधिसभामा ८ तथा प्रदेशसभामा १४ सांसद भएका छन् ।

प्रत्यक्षमा प्रतिनिधिसभामा १ तथा प्रदेशसभामा २ क्षेत्र जितेको नेपाली कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभामा केन्द्रीय सदस्य मिना पाण्डे र जिल्ला सभापति नागेन्द्र कुमार रायलाई प्रतिनिधित्व गराएको छ । त्यस्तै प्रदेशसभामा उसले श्यामपरि देवीलाई समानुपातिकबाट निर्वाचित गराएको छ ।

 त्यस्तै प्रतिनिधिसभामा २ एवं प्रदेशमा २ सांसद निर्वाचित भएका राजपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा केन्द्रीय नेतृ चन्दा चौधरी तथा प्रदेशसभामा रामनरेश राय, मीरा कुमारी साह र निलम भुमिहार्नी चिर्वाचित भएका छन् । २ वटा प्रदेशसभामा विजयी भएको संघीय समाजवादी फोरमले समानुपातिकबाट प्रतिनिधिसभामा मुस्लिम महिला रुही नाज तथा प्रदेशसभामा जनजाति महिला सञ्चमाया मोक्तानलाई प्रतिनिधित्व गराएको छ ।

  प्रदेशसभामा २ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट प्रदेशसभामा दलित नेता रविन्द्र वैठालाई पठाएको छ भने नेकपा माओवादी केन्द्रबाट भने समानुपातिकतर्फ कोही पनि परेनन् । यसअघिको निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीबाट समानुपातिकसमेत गरी १७ जनासम्म सांसद भएका थिए । राजपा घटक तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र रायको गृह जिल्ला भएकाले पनि यसअघिका निर्वाचनमा यी पार्टीबाट समानुपातिकमा बढी प्रतिनिधत्वि हुने गरेको थियो ।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App