७ वैशाख २०८१ शुक्रबार
खेल

फ्रेन्च लिगमा पिएसजीको सानदार जित

फ्रान्स – इडिन्सन काभानीको २ तथा जुलियन ड्रक्सलर, नेइमार र एन्जल डि मारियालको १÷१ को मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्ग माथि ५–२ को सानदार जित दर्ता गरेको छ।

प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा पराजित टोलीका तर्फबाट एहोलु र  स्टेफनलले एक÷एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।  विजयी भएसँगै पिएसजीलको २६ खेलबाट ६८ अंक भएको छ । पिएसजी दोस्रो स्थानको मोनाको भन्दा १२ अंकले अगाडि रहेको छ।

गएको बुधबार भएको च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिसँग ३–१ ले पराजित पिएसजिले गएराति भने उत्कृष्ठ प्रदर्शन गर्दै जित निकालेको हो।

प्रकाशित: ६ फाल्गुन २०७४ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App