६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

अफगानिस्तान – अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो । उक्त स्थानमा लुकरे बसेका तालिबानका विरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो।

शनिबार बिहानैदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ३६ जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु दर्जनौँ घाइते भएका पनि सो समाचारमा जनाइएको छ।

कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकले भन्नुभयो– शनिबार साँझ मियावान्द जिल्लामा जारी राखिएको कारबाहीका क्रममा ३६ जना तालिबान मारिएका समाचारमा जनाइएको छ।

प्रहरी प्रमुख रजाककाअनुसार त्यस कारबाहीकाक्रममा आतंककारीहरु लुकेर बस्ने गरेका आश्रयस्थल ध्वस्त बनाई त्यहाँ राखिएका हतियारहरु पनि बरामद गरिएको छ।

सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थिति रहेको बताइएको थियो । तालिबानले केही समयअघि सो क्षेत्रमा गरेको आत्मघाती आक्रमणमा परी केही सुरक्षाकर्मी पनि मारिएका थिए।

उनीहरु लुकेर बसेको सूचनाका आधारमा सेनाले बिगत केही समयदेखि यहाँ कारबाही जारी राखेको छ । यस कारबाहीकाक्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको छैन।   (रासस/सिन्ह्वा)

प्रकाशित: ६ फाल्गुन २०७४ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App