१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

एमाले प्रदेशसभा सदस्य सिर्जना शर्मा प्रदेश–४ प्रदेशसभाको उपसभामुख बनेकि छिन्। आइतबार बसेको प्रदेशसभा बैठकले शर्मालाई सर्वाधिक मत सहित उपसभामुख चयन गरेको हो। बाम गठबन्धनको भागबण्डा अनुसार एमालेको भागमा उपसभामुख परेको थियो।

माओवादी केन्द्रको समेत समर्थनमा शर्मा प्रदेशको पहिलो उपसभामुख बन्न सफल भइन। एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत रहेकी शर्मालाई उपसभामुख बनाउन एमालेका मायानाथ अधिकारीले प्रस्ताव गरेका थिए। माओवादी केन्द्रकी गायत्री गुरुङले शर्मालाई उपसभामुखमा समर्थन गरेकि थिईन्।

सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक वर्गको हुनुपर्ने भएपछि शर्मालाई उपसभामुखमा प्रस्ताव गरिएको थियो। शर्मासँगै कांग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाकी पियारी थापाले पनि उपसभामुख बन्नका लागि दावि सहित उम्मेदवारी दिएका थिए । तर, बहुमत सदस्यको समर्थनमा शर्मा उपसभामुख बन्न सफल भईन ।

प्रदेशसभाको आइतबारको बैठकमा ५६ जना सदस्य उपस्थित थिए। तीनजना उम्मेदवार भएपछि मत विभाजन प्रक्रिया अनुसार उपसभामुख चयन गरिएको थियो। शर्माले एमाले र माओवादी केन्द्रका ३८ जना सदस्यको साथ पाएकी थिईन्। शर्माको विपक्षमा १८ जनाको मत आएको थियो । जनमोर्चा र कांग्रेसका सदस्यहरुले शर्माको विपक्षमा मत दिएका थिए ।

प्रदेशसभा सदस्यको बहुमत पाएकोले शर्मा उपसभामुख चयन भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका थिए। उपसभामुख बनेकी शर्माले सबै दललाई मिलाएर अघि बढ्ने बताईन । उपसभामुख शर्मालाई सभामुख नेत्रनाथ अधिकारीले सपथ गराए ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App