८ वैशाख २०८१ शनिबार
समाज

अपहरणमा परेका वडा अध्यक्षका छोराको हत्या

कपिलवस्तु- बिहीवार पिपरा स्थित घर अघिबाट अपरिचित ब्यक्तिद्वारा अपहरित मायादेबी गाउँपालिका– ४ का वडा अध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षे छोराको हत्या भएको छ। फत्तेका छोरा एमानको शव उनकै घरसंग सटेर रहेको  पोखरीमा आईबार बिहान फेला परेको वडा अध्यक्ष मुसलमनले बताए।

प्रहरीले भने बालकको मृत अवस्थामा भेटिएको जनाए पनि उनको हत्या भए नभएको अझै यकिन नभएको जनाएको छ। मृतक बालकको शरिरमा चोटपकटको कुनै निसान नरहेको प्रहरीले जनाएको छ।  बुबा फत्तेका अनुसार छोराको शवलाई राती ल्याएर फालेको हुन सक्ने बताएका छन्। मृतक बालककी आमा साजाहा खातुनले पोखरीमा टाउको देखेपछि स्थानीयको सहयोगमा शव बाहिर निकालिएको थियो।

एमानको अपहरण पछि भएको हत्याको घटनाले सिंगो गाउँ शोकमग्न भएको छ। परिवार तथा स्थानीयबासी प्रहरी प्रति आक्रोशित बनेका छन् । मृतकका बाबु तथा उनका परिवारले अपहरणकारीविरुद्ध प्रहरीले कुनै कारबाही नगरेको, छोरालाई छुटाउन कुनै पहल नगरेको आरोप लगाएका छन्। प्रहरीले आफ्नो जाहेरी समेत दर्ता नगरेको उनीहरुको भनाई छ। ‘ घटनामा संलग्न रहेको ब्यक्तिहरुबारे प्रहरीलाई बताए पनि अझैसम्म तिनीहरुसंग कुनै सोधखोज गरिएको छैन उल्टै मेरो परिवारलाई प्रहरीले प्रताडीता गरेको छ ’ उनले आक्रोसित हुदै भने। विहीबार अपहरण परेका एमानलाई २ जनाले मोटरसाइकलमा भारत तर्फ लगेका थिए। प्रत्यक्षदर्शीका अनुसार बिहान ८ बजे बुलडिहवाको सुम्मे मदरसा पढन जान हिडेको एमानलाई अपहरण गरिएको थियो। घटनास्थलबाट भारतीय सीमाना ७ सय मिटर मात्र छ।

प्रहरी नायक उपरीक्षक नरेन्द्र कार्कीले मृतक परिवारले अहिलेसम्म लिखित रुपमा जाहेरी नदिएको बताए। ‘ हामीले सक्दो कोसिस गर्यौ तर बालकको ज्यान बचाउन सकिएन ’ उनले भने ‘ घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान जारी छ ’ घटनालाई विभिन्न चरणबाट अनुसन्धान गरिरहेको दाबी गर्दै उनले छिट्टै बास्तविकता पत्ता लाग्ने जानकारी बताए।  स्थानीयबासीका अनुसार मृतक बालकको पिता उक्त वडाका वडा अध्यक्ष भएदेखि नै फरार अभियुक्त नसिम खाँसंग विवाद बढेको थियो । विगतका बर्षहरुमा गाविसको बजेट नसिमकै निर्देशनमा हुने गरेको भएतापनि जनप्रतिनिधीको रुपमा फट्टे मोहम्मद आएपछि उनीहरुबीच द्धन्द्ध सिजर्ना भएको हो। वडाका विभिन्न पोखरीको आम्दानी दिनुपर्ने, विकास निर्माणको उपभोक्ता समिति तथा योजना आफ्नै निर्देशन अनुसार कार्यान्वयन गर्नुपर्ने दबाब वडा अध्यक्ष फट्टेलाई नसिमले दिंदै आएको स्थानीय निसार अहमदले बताए। सोहि विवादमा अपहरण देखि हत्यासम्मको घटना भएको हुन सक्ने उनको भनाई छ। यस अघि हत्या, लुटपाट लगातयका मुद्दामा अदालतबाट दोषी करार भएका नसिम खाँन भने भारतमा बस्दै आएका छन्। टेलिफोन मार्फत पत्रकारसंग कुरा गर्दै नसिमले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।  आफु र आफ्नो श्रीमती एमाले सांसद फौजिया नसिमलाई बदनाम गर्ने षडयन्त्र भएको नसिमको भनाई छ।

मायादेबी गाउँपालिकाका प्रमुख बजरंगी चौधरीले बालक अपहरण तथा हत्या निन्दनिय भएको बताएका छन् । घटना बारे सत्य तथ्य अनुसन्धान गरि दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन समेत उनले प्रशासनसंग अपिल गरेका छन्। घटनापछि पीडीत परिवारलाई समवेदना दिन पुगको सांसद अतहर कमाल र नेता दीपकुमार उपाध्ययाले दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरे। 

 

प्रकाशित: ६ फाल्गुन २०७४ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App