coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसद बनाउन माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं – तत्कालिन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहले आफूलाई सांसद बनाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।

थ्रेसहोल्ड लागु भएपछि सिंगो पार्टीसहित नेकपा माओवादी केन्द्रमा मिसिएका सिंहले आइतबार निर्वाचन आयोग र माओवादी केन्द्रलाई विपक्षी बनाई रिट दायर गरेका हुन्। 

माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका सिंह अन्तिम सूचीबाट बाहिरिँदै प्रतिनिधीसभा सदस्य (सांसद) बन्न नपाएपछि अदालत पुगेका हुन्। 

निर्वाचन ऐनमा प्रतिनिधीसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पिछडिएको क्षेत्रबाट दलले प्राप्त गरेको सिट संख्याको कम्तीमा ४.३ प्रतिशत प्रतिनिधित्व हुनेगरी संख्या निर्धारण गर्नुपर्ने कानूनी व्यवस्था रहेपनि आयोग र माओवादी केन्द्रले त्यसको उल्लंघन गरेको आरोप लगाउँदै नेता सिंहले आफूलाई समानुपातिकमा निर्वाचित भएको घोषणा गराई प्रमाणपत्र दिई सपथ गराउन  परमादेशको माग गरेका छन्।

समानुपातिकतर्फको अन्तिम सूची पेश गर्ने माओवादी केन्द्र र आयोगको निर्णय गैरसंवैधानिक भएको उनको आरोप छ।

प्रकाशित: ६ फाल्गुन २०७४ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App