१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलता अपनाउने निर्णय

धनगढी – प्रदेश ७ को आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीती अवलम्बन गर्ने निर्णय गरेको छ।

बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई तोक्ने निर्णय गरेको छ।  बैठकले विद्युतीय र सूचना प्रविधिमार्फत सुशासनको प्रवर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ। 

‘नेपाल सरकारद्धारा प्रदेश नम्बर सातमा संचालित राष्ट्रिय गौरवका ३ वटा आयोजना महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया–दिपायल दुर्त मार्गको कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने निर्णय गरेकोे छ’ शाहले भने, ‘यी तीन वटै आयोजना निर्धारित समय भित्र सम्पन्न गर्ने गरी कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ।’

सम्भावना बोकेका पर्यटकिय क्षेत्रको पहिचन गरी तिनीहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिनुका साथै कृषिको उत्पादकत्व बढाउनका लागि केन्द्र सरकार र स्थानीय तहहरुसँग समन्वय गरी माटो परिक्षण कार्यलाई अगाडि बढाउने निर्णय गरेको उनले बताए। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रस्ताव गरिएको प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकार कार्य सम्पादन नियमावली र केही सार्वजनिक लिखत प्रमाणिकरणहरु मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ। बैठकबाट नेपालको लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, जनयुद्ध, जनआन्दोलन तथा तराई मधेस आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञात, अज्ञात सहिदहरुप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ, शाहले भने। 

प्रकाशित: ६ फाल्गुन २०७४ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App