६ वैशाख २०८१ बिहीबार
समाज

सुकुम्बासीले लगाए नगरपालिकामा ताला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा स्थानीय सुकुम्बासीहरुले ताला बन्दी गरेका छन्। नगरपालिका सितले व्यवस्थीत बसोवास आयोगले माग गरेको सिफारीस नदिएको भन्दै सुकुम्बासीहरुले चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज तिमल्सिना सहित अन्य कर्मचारीलाई कार्यालय बाहिर निकालेर मुख्य गेटमै ताला लगाएका हुन्। 

जिल्ला व्यवस्थित बसोबास समिति चन्द्रनिगाहपुरका सदस्य लालबावु चौधरीले गत माघ २४ गते नगरपालिका भरीका वास्तविक सुकुम्बासीहरुको पारिवारिक विवरण सहित सिफारिस पठाइदिन नगरप्रमुख रामचन्द्र चौधरीलाई प्रत्र पठाएको थियो। ब्यवस्थित वसोवास समितिले फागुन ८ गतेसम्म सम्पुर्ण सुकुम्वासीहरुको विवरण पठाउन अन्तिम समय तोकिएको थियो। उक्त पत्रको आधारमा स्थानीय सुकुम्बासीहरुले निवेदन लिएर जाँदा नगरपालिकाले सिफारिस दिन आनाकानी गरेपछि आक्रोसित सुकुम्बासीहरुले सामुहिक रुपमै तालाबन्दी गरेकोे स्थानीय सुनिता तामाङले बताइन्।

सरकारले सुकुम्बासीहरुलाई व्यवस्थित गर्न र उनिहरुले भोग गर्दै आएको जग्गाको हक भोग नगरपालिकाले सिफारिस दिएपछि समिति मार्फत भूमिसुधार कार्यालयमा लगत सहितको पत्र गएपछि भूमिसुधार कार्यालयले हकदाबी सम्बिन्धि सूचना प्रकाशित गरी अन्य प्रक्रिया अगाडी बढाउने प्रावधान छ। 

ताला बन्दीको कारण नगरको दैनिक जसो हुने अन्य कामकाज समेत प्रभावित बनेको छ।  नगरपालिकाका प्रमुख चौधरीले सरकोकारवाला निकाय सित छलफल गरेर सुकुमबासीहरुको समस्या समाधान गर्ने बताएका छन्। 

प्रकाशित: ६ फाल्गुन २०७४ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App