coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हेटौंडा गोल्डकप : त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ भिड्दै

मकवानपुर – मकवानपुरको हेटौंडामा जारी तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार (आज) त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ बीच खेल हुदैछ । खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

गएको शनिबार सिमरा गोल्डकपको उपाधि उचालेको यस वर्षको सबैभदा सफल टोली आर्मी र मोफसलमा आयोजना हुने धेरैजसो प्रतियोगितामा सहभागि जनाएपनि उपाधि उचाल्न नसकेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

सुदूरपश्चिमलाई हराउदै आर्मी अर्को उपाधिको नजिक पुग्न चाहन्छ । यता सुदूरपश्चिम पनि आर्मीलाई हराउदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रदैछ । यसअघि आइतबार भएको खेलमा बिजय युथ क्लबलाई घरेलु मैदानमा ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ।

करिब ६० लाख रुपैंया खर्च लाग्ने फुटबल प्रतियोगिताको प्रथम हुने टिमले उपाधिसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको हो । ८ टिम सहभागी हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको बिजय युथ र सुदूरपश्चिम–११ को सहभागिता रहेको छ।

भूकम्पका कारण काठमाडौंमा निधन भएका हेटौंडाका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको हो । अघिल्लो दुई संस्करणमा भारतीय र भुटानी क्लबले सहभागिता जनाएपनि उत्कृष्ट प्रदर्शन गर्न नसकेकाले यसवर्ष विदेशी क्लबलाई प्रतियोगितामा समावेश नगराएको आयोजकले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App