८ वैशाख २०८१ शनिबार
अन्य

‘स्केट’मा युवा आकर्षण

सुशील दर्नाल 

कोटेश्वरस्थित ग्रामीण कलेज कक्षा ११ मा अध्ययनरत सन्दीप शाह ठकुरी दिनमा दुई घन्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद् पुग्छन् ।

‘मेरो दाइले सानामा स्केट खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएँ । सुरुमा बा–आमाले गाली गर्नुहुन्थ्यो, मेलै बिस्तारै पुरस्कार जितेर राम्रो गर्न थालेपछि अहिले त बुझ्नुहुन्छ,’ सन्दीप भन्छन् । सन्दीपले भारत तथा नेपालमा भएका विभिन्न स्केट प्रतियोगितामा भाग लिएर पुरस्कार समेत प्राप्त गर्दै आएका छन् ।

ग्लासियर कलेज कक्षा ११ मा अध्ययनरत गजेन्द्र बर्देवाको पनि स्केटमा रुचि भएकै कारण दिनमा दुई घन्टा स्केट खेल अभ्यासमा समय दिन्छन् ।सन्दीप र गजेन्द्र मात्रै होइन, पछिल्लो समय स्कुल र क्याम्पस पढ्ने अधिकांश युवाको रुचिमा पर्न थालेको छ, स्केट खेल । यसमा पनि फुटबल र क्रिकेटलगायत खेलमा जस्तै नेपाली युवाको क्रेज बढ्दो छ ।  स्केटलाई अमेरिका, अस्टेलियासहित युरोपेली मुलुकमा साहसिक खेलका रूपमा खेलिन्छ । केही वर्ष अघिसम्म नेपालमा स्केट खेलबारे नकारात्मक धारणा थियो ।

अहिले भने यो खेलप्रति सकारात्मक धारणा विकास भएको छ ।यो खेलमा नयाँ पुस्ताले सक्रियता देखाएको परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडी बताउँछन् । यो संस्थाले स्केट खेलको संरक्षण, प्रवद्र्धन तथा प्रोत्साहन गर्ने गर्छ । यही उद्देश्यले चार वर्षअघि संस्था स्थापना गरिएको हो।

संस्थाले स्थापनाकालदेखि नै विभिन्न जिल्लाका विद्यालय तथा क्याम्पसमा स्केट खेलबारे गोष्ठी, स्केट खेल प्रतियोगिता तथा स्केट खेलबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले नेपाल स्केटिङ तथा स्केट एसोसिएसन समेत गठन गरेको छ । यसलाई पनि अन्य खेललाई जस्तै सकारात्मक ढंगबाट महŒव दिँदै प्राथमिकतामा राख्नुपर्ने स्केट खेलाडीको माग छ ।

परिवर्तनका लागि युवा संस्थाले स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गर्ने भएको छ । ‘ड्रि«म प्रोजेक्ट’अन्तर्गत रूपन्देहीमा सञ्चालन गर्ने तयारी गरिएको सो पार्क तथा सेन्टरमा स्केट खेलसम्बन्धी सामग्री समेत उपलब्ध हुनेछन् ।स्केट खेल प्रशिक्षार्थी मनोज पाण्डेले नेपालमा स्केट खेलमा युवा आकर्षण बढ्नु आफैँमा सकारात्मक भएको बताए ।
(रासस)

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App