६ वैशाख २०८१ बिहीबार
खेल

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही ३ लाख रुपैयाँ दिइने घोषणा गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरे उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने बताइएको छ। 

शनिबार नेपाली खेलाडी वर्ल्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन्। सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बिदाइसहित रकम हस्तान्तरण गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि खेलाडी र प्रशिक्षकलाई रु एक एक लाख दिइने घोषणा गरे। 

प्रकाशित: ७ फाल्गुन २०७४ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App