८ वैशाख २०८१ शनिबार
खेल

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

काठमाडौं - भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ।

शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

टिम व्यवस्थापक शंकर साउदका अनुसार गोदावरीले फाइनलमा मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिकासँग खेल्नेछ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा २१ टिमले सहभागिता जनाएका छन्। खेलमा प्रथम हुनेलाई १ लाख ५१ हजार, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुने टिमले ३० हजार नगदसहित प्रमाणपत्र पाउनेछन्।

प्रकाशित: ७ फाल्गुन २०७४ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App