coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जीप दुर्घटनामा एकको मृत्यु

स्याङजा – स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्ने ४० वर्षिया विष्णु विकको घट्ना स्थलमै मृत्यु भएको छ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार घाइतेहरुमा भिरकोट नगरपालिका–५ बस्ने ३१ वर्षिय सुरज थापा, चापाकोट–५ बस्ने २० वर्षीय विष्णु विक, चापकोट–४ बस्ने २ वर्षीय कुर्ती विक, चापाकोट–५ बस्ने ५४ वर्षीय बम बहादुर आले, पाल्पा जिल्ला रामपुर नगरपालिका–१३ वस्ने ३५ वर्षीय मिना विक र रामपुर–४ बस्ने ३२ वर्षीय मदन विक रहेका छन्। 

मृतक विष्णु विकको शव पोष्ट मार्टमका लागि गह्रौघ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको प्रहरीले जनाएको छ। सामान्य प्राथमिक उपचार पछि थप उपचारका लागि घाइतेलाई पोखरा रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रवक्ता देवेन्द्र भट्टाराईले जानकारी दिएका छन्। 

जीप के कारणले दुर्घटना भन्ने बारे अनुसन्धान भइरहेको र चालक फरार रहेकोले खोजी भइरहेको वडा प्रहरी कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नवराज केसीले बताए। 

प्रकाशित: ७ फाल्गुन २०७४ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App