coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय व्यापारी र प्रहरीबीच झडप, ३ घाइते

नवलपरासी – पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन्। 

महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका हुन्। 

महेशपुर भन्सार कार्यालयबाट व्यापारीको कपडा भैरहवा भन्सार कार्यालय पुु¥याउनका लागि गाडीमा राख्ने क्रममा स्थानीय व्यापारीले सोहि भन्सार कार्यालयबाट भन्सार राजश्व तिर्ने भन्दै अवरोध सिर्जना गरेका थिए। 

प्रहरीले बल प्रयोग गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेपछि प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो। ठूलो परिमाणमा रहेका सो कपडालाई वैध र अवैध भन्दा पनि आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय पठाइएको नवलपरासीका प्रहरी उपरीक्षक मुकुन्दराज आर्चायले जानकारी दिए।

कपडा र सवारी साधनसहित आवश्यक प्रक्रियाका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ। गत माघ २८ गते नवलपरासीको भुुजहवास्थित छोटी भन्सार नाकाबाट भित्र्याइएको ५१ पोका कपडा यस अगावै प्रहरी, भन्सार कर्मचारी र व्यापारीको सहमतिपश्चात महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको थियो। 

उक्त कपडालाई प्रहरीले प्रक्रियाअनुसार भन्सार (राजश्व संकलन) काटेर नेपालतर्फ लैजाने सहमति यस अगावै भए पनि सो कपडालाई एकाएक भैरहवा भन्सार कार्यालय पठाएपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन्। 

भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले उक्त कपडा वैध र अवैध भन्दा पनि यसवारे अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रकाशित: ७ फाल्गुन २०७४ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App