८ वैशाख २०८१ शनिबार
खेल

भारतको उत्कृष्ट लय कायम

जोहानेसबर्ग  – ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।

३ दिनअघि सम्पन्न एकदिवसीय शृंखला ५–१ ले जितेको भारत आइतबारको खेलमा पनि उत्कृष्ट लयमा देखिएको थियो ।
खुट्टाको चोटका लागि भारतीय कप्तान विराट कोहलीले रन पछ्याएको दक्षिण अफ्रिका १३औं ओभरमा खेलिरहँदा मैदान छोडेका थिए । धवनको आक्रामक ७२ रनप्रेरित भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

भुवनेश्वर कुमारले खेलजीवनकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २४ रन खर्चेर ५ विकेट लिएपछि २ सय ४ रनको लक्ष्य पछ्याएको  दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट  गुमाउँदै १ सय ७५ रन मात्र जोड्न सक्यो । तेस्रो ओभरको पाँचौं बलमा ओपनर जेजे स्मुट्स (१४) लाई धवनबाट क्याच गराएका भुवनेश्वरले जेपी डुमिनी (३) लाई सुरेश रैनाबाट क्याच गराएका थिए । त्यस्तै हार्दिक पाण्डेयले डेविड मिल्नर (९) लाई धवनबाट क्याच गराएपछि दक्षिण अफ्रिका दबाबमा आएको थियो।

४८–३ को स्थितिमा भएको दक्षिण अफ्रिकाको इनिङ ओपनर रिजा हेन्डरिक्सले फरहान बेहार्डिनसँग चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै उकासेका थिए । ५० बल खेलेका हेन्डरिक्सले ८ चौका र १ छक्काको मद्दतमा ७० रन जोड्दा २७ बलको सामना गरेका बेहार्डिनले ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडे।

यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतका लागि धवनले ३९ बलमा १० चाैका र २ छक्का प्रहार गरे । मनीष पाण्डेयले अविजित २९ रन जोडे । २७ बलको सामना गरेका पाण्डेयले १ छक्का प्रहार गरे । त्यस्तै कोहलीले २६ र रोहित शर्माले २१ रन जोडे । यस जितसँगै भारतले ३ खेलको शृंखलामा १–० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बुधबार सेन्चुरियनमा हुनेछ।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App