coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भारतीको ‘सयौं जुनी’

काठमाडौं – गीतकार भारती बस्यालले प्रेमभावको गीत ‘सयौं जुनी तिम्रै भई’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । आफ्नै शब्द, स्वर र संगीत रहेको गीतमा बलराम समालको एरेञ्ज छ । भारतीलाई स्वरमा पनि बलराम समालले नै साथ दिएका छन्।

गायिका भारतीले गीतले एउटा प्रेमिकाले आफ्नी प्रेमीलाई सम्झिएको कुरा प्रस्तुत गर्ने बताइन् । ‘प्रेम प्राप्ति मात्र नभएर त्याग र समर्पण पनि हो । एक अर्कामा विश्वास र निस्वार्थ प्रेम भए त्यो प्रेमले पूर्णता पाउँछ,’ उनले गीतको अर्थ लगाइन्, ‘प्रेम गर्नका लागि जोडीलाई भ्यालेन्टाइन नै पर्खिनुपर्छ भन्ने छैन । जुनसुकै समयमा पनि प्रेम व्यक्त गर्न सकिन्छ । यो गीतको सन्देश पनि यही हो।’

भिडियोमा मधुर बस्नेतको छायांकन र प्रेम शर्माको सम्पादन छ भने इना विष्ट र लोमश शर्माले अभिनय गरेका छन् । २०५४ सालदेखि संगीतमा आएकी भारतीले त्यही साल ‘मृगतृष्णा’ नामक एल्बम बजारमा ल्याएकी थिइन् । उनले तामाङ सेलोसहित महिलासँग सम्बन्धित विविध गीत पनि लेखेकी छन् । उनी चाँडै नै नयाँ फिल्म बनाउने तयारीमा जुटेकी छन्।

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App