coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘विदेश पठाउनुअघि सुरक्षाको प्रत्याभूति अावश्यक’

काठमाडौं– सुरक्षा गार्डको रूपमा वैदेशिक रोजगारीमा जानेको सुरक्षाको प्रत्याभूति नभएसम्म त्यहाँ पठाउन नहुने सुझाव दिइएको छ।

गत असार ६ गते अफगानिस्तानको राजधानी काबुलस्थित क्यानडेली दूतावासमा कार्यरत १३ नेपाली मारिएपछि गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो।

श्रम तथा रोजगार मन्त्रालयका सचिव तथा छानबिन समितिका संयोजक विष्णुप्रसाद लम्साल नेतृत्वको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेन्टी गरेरमात्र सुरक्षा गार्डमा कामदार पठाउन सुझाव दिइएको  छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रोजगारीका लागि गएका नेपालीको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने सरकारको धारणा रहेको बताए । । कार्यदलले दिएको प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकमा छलफल गरी निर्णय कार्यान्वयन गरिने प्रधानमन्त्री दाहालले बताए ।

 

प्रकाशित: १ भाद्र २०७३ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App