६ वैशाख २०८१ बिहीबार
खेल

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

इङल्याण्ड – म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न पाँचौं चरणको खेलमा सिटीलाई च्याम्पियनसिप क्लब विगान एथ्लेटिक्सले १–० ले हराएको हो । जितसँगै विगान एथ्लेटिक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।
विगान एथ्लेटिक्स लाई जिताउन खेलको ७९ औं मिनेटमा विल ग्रीगले निर्णायक गोल गरेका थिए। पहिलो हाफको अन्तिम समयमा सिटीका फाबियन डेल्फ रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो।

हारसँगै म्यानचेस्टर सिटीको यो सिजन सबै उपाधि जित्ने सपना समाप्त भएको छ। विजयी क्वाटरफाइनलमा विगानले साउथह्याम्टनको सामना गर्ने छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App