coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

इनरुवा - प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् ।संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएका हुन्। नेपाली काँग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए। कोइराला काँग्रेसका सुनसरी सभापति समेत हुन्।

कोइराला प्रदेशभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए।स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरीमा कोइरालाको कुशल नेतृत्व कै कारण सुनसरीमा काँग्रेसको राम्रो नतिजा आएको थियो । कोइरालालाई मंगलबार प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

रेडक्रशमा पुन :मेहता

यसैबीच, नेपाल रेडक्रश सोसाइटी इनरुवाको सभापतिमा पुनः रामप्रसाद मेहता चयन भएका हुन्। सोमबार सम्पन्न भएको भेलाले पुनः मेहतालाई सभापति पदमा चयन गरेको हो ।रासस

प्रकाशित: ८ फाल्गुन २०७४ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App