५ वैशाख २०८१ बुधबार
खेल

हेटौंडा गोल्डकप : थ्री स्टार र संकटा भिड्दै

मकवानपुर – मकवानपुरको हेटौंडामा जारी तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथौ तथा अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार (आज) थ्री स्टार र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

गएको शनिबार सम्पन्न सिमरा गोल्डकपमा आर्मीसँग पराजित हुदै उपविजेतामा चित्त बुझाएको थ्री स्टार आज संकटालाई हराउदै अर्को उपाधिको नजिक पुग्न चाहान्छ। यता संकटापनि थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न मैदान उत्रदैछ।
आजको विजेताले सेमिफाइलमा विहिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले आइतबार भएको खेलमा बिजय युथलाई ३–० ले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरिसकेको छ।

यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा ५–३ ले हराउदै त्रिभुवन आर्मी सेमिफाईनलमा प्रवेश गरेको छ। आर्मीले प्रतियोगिताको सेमिफाईनलमा समूह ‘ए’ को अर्को बिजेता मनाङ मस्र्याङ्दी क्लबको बुधबार सामना गर्नेछ।

फागुन १२ गतेसम्म हुने फूटबल प्रतियोगितामा करिब ६० लाख रुपैंया खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने छन् । नकआउटका आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैंया समेत प्राप्त गर्नेछन्।

‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App