coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्वाेच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक तथा नागरिकता प्रमाणपत्रलाई लिएर कान्तिपुर दैनिकले अनावश्यक चर्चा गराई अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दा दर्ता भएको छ। 

अधिवक्ता तोयनाथ ढुंगानाले मंगलबार कान्तिपुर पब्लिकेशन, प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र सम्वाददाता कृष्ण ज्ञवालीविरुद्ध सर्वाेच्चमा अवहेलनाको मुद्दा दर्ता गराएका हुन्।

निवेदनमा विभिन्न मितिमा विभिन्न खालका समाचारमार्फत अदालतको अवहेलना गरेको, न्यायपालिकाविरुद्ध अनावश्यक प्रचार गरेर अदालतको मान सम्मान गिराउने काम गरेको भन्दै हदैसम्मको सजायँ गरिपाउँ भनिएको छ।

अवहेलना मुद्दामा १० हजार जरिवाना, एक वर्ष कैद वा दुबै सजायँ हुनसक्छ।

अधिवक्ता ढुंगानाले प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र अदालतमा झिकाई मुद्दा विचारधिन रहिरहेको अवस्थामा अनावश्यक चर्चा परिचर्चा गरी मुद्दा फैसला गर्ने न्यायाधीशलाई समेत विचलनमा पार्ने र मुद्दामा अनावश्यक दबाब पार्ने उद्देश्यले समाचार लेखी अदालतको अवहेलना गरेको दाबी गरेका छन्। 

अवहेलना मुद्दाको सुनुवाईका लागि फागुन १० गतेलाई पेशी तोकिएको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App