coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अखेटोपहार चितवन पठाइयो

संखुवासभा – संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो। 

जिल्ला वन कार्यालयमा दर्ता गरिएका मुद्दा फैसला भएपछि जफत गरिएका अखेटोपहार चितवन लगेर नष्ट गर्नुपर्ने भएकाले पठाइएको सहायक वन अधिकृत हेमन्त पराजुलीले बताए। विभिन्न ८ ओटा मुद्दाका पाँच प्रकारका सामाग्री चितवन पठाइएको उनले बताए। 

४ वर्ष भित्र तस्करबाट पक्राउ गरिएका ३० किलो ९ सय ग्राम सालकको खपेटा, ८ ओटा भालुको पञ्जा, एउटा भालुको पित्त, एउटा ध्वाँसे चितुवाको छाला र एउटा रतुवाको छाला चितवन पठाइएको हो।

प्रकाशित: ८ फाल्गुन २०७४ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App