७ वैशाख २०८१ शुक्रबार
खेल

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

भक्तपुर – कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि मंगलबारै भएको प्लेअफमा ललितपुर महानगरपालिकालाई २५–१९, २५– २०, २५–२३ को सोझो सेटमा हराउँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो स्थान हासिल ग¥यो । खेलमा तिलोत्तमाका हरि घर्ती मगर म्यान अफ दी म्याच घोषित भए।

उपाधिसँगै सूर्यविनायकले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता गोदावरी नगरपालिकाको भागमा ७५ हजार रुपैयाँ प¥यो । यसै गरी तेस्रो स्थान हासिल गरेको तिलोत्तमाले ३० हजार रुपैयाँ पाउँदा चौथो स्थानमा सीमित ललितपुरले सान्त्वनास्वरूप २० हजार रुपैयाँ हात पा¥यो । प्रतियोगितामा सहभागी सबै टोलीलाई ५ हजार रुपैयाँका दरले प्रदान गरिएको थियो।
विजयी टिम तथा खेलाडीलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं सभासद् प्रेम सुवालले पुरस्कार वितरण गरे।

सहिद दिवसको अवसरमा बिहीबार सुरु भएको प्रतियोगितामा २१ नगरपालिकाको सहभागिता थियो । ललितपुर, पोखरा र वीरगन्ज गरी तीन महानगरपालिका, हेटांैडा र जनकपुर गरी दुई उपमहानगरपालिका तथा १६ नगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App