८ वैशाख २०८१ शनिबार
खेल

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

हेटौंडा – मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

क्वाटरफाइलमा सुदूरपश्चिम ११ लाई ट्राईब्रेकरमा ५–३ ले हराउदै त्रिभुवन आर्मी र एपिएफलाई १–० ले पराजित गर्दै मनाङ सेमिफाइलमा प्रवेश गरेको हो।  

यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै संकटाले सेमिफाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको छ। संकटाका लागि १ मात्र निर्णयक गोल खेल सकिन सात मिनेट बाँकी रहँदा कर्ण लिम्बुले गरेका थिए। कर्ण खेलको म्यान अफ दी म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँ पाए।

८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो । प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको लागि ६० लाख रुपैयाँ लागत अनुमान गरिएको र सुमन भोम्जन प्रतिष्ठानले जनाएको छ । खेल पत्रकार सुमन भोम्जनको २०७२ सालको  भूकम्पमा परि निधन भएका थियो।

 रेफ्रीलाई कारबाही  माग
सोमबार भएको थ्री स्टार र संकटाबीचको  क्वार्टरफाइनल खेलमा रेफ्री सुदीश पाण्डेले गलत निर्णय गरेको भन्दै सुदूरपश्चिम–११ ले कारबाहीको माग गरेको छ।

सुदूरपश्चिमले मंगलबार पत्रकार सम्मेलन गर्दै आर्मीसँग भएको प्रतिस्पर्धामा टाइब्रेकरमार्फत आफ्ना खेलाडी राकेश हमालले गरेको गोललाई रेफ्री पाण्डेले अस्वीकार गरेकामा आपत्ति जनाउँदै उनलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ।

अध्यक्ष तथा कोच सुरेश हमालद्वारा हस्तक्षरित विज्ञप्तिमा आफूहरूमाथि अन्याय भएकाले रेफ्रीको निर्णय सच्याई फेरि खेल खेलाउन माग गरिएको छ। आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले सुदूरपश्चिम–११ लाई खेल खेल्नुअघि दिएको नियमावलीमा निर्णायकको निर्णय अन्तिम हुने भएकाले आयोजकको भूमिका नहुने स्पष्ट पारेको छ।

 

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App