८ वैशाख २०८१ शनिबार
कला

कल्पनाको ‘सञ्जीवनी’

काठमाडौं – गीतकार तथा गजलकार कल्पना श्रेष्ठ कल्पपुञ्जले ‘सञ्जीवनी’ उपन्यास लिएर पाठकमाझ आएकी छन । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गरे।

उपन्यास संग्रहमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठाइएका छन् । विमोचनमा प्रा.डा. रजनी ढकाल र समालोचक राम लोहनीलगायतले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए । उपन्यासले पुरुषप्रधान समाजका पुरुष र नारीका असमान अवस्थिति बयान गरेको छ । कृतिमा अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण गरेको लेखक श्रेष्ठले सुनाइन् ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App