१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कविशिरोमणि रचनावली प्रकाशित

काठमाडौं – कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको स्मृति दिवसको अवसर पारेर सोमबार सार्वजनिक गरिएको हो।

प्रकाशित पुस्तक कविशिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डेले नेपाल भाषा परिषद्की महासचिव रमा शर्मालाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा कविशिरोमणि लेखनाथसँगको भेटका क्षणहरूको संस्मरण गर्दै रमाले लेखनाथका कविताले आफ्नो पुस्तालाई नैतिकवान र गुणी बन्न प्रेरित गरेको बताइन् । ‘लेखनाथको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले पनि बुझ्नु आवश्यक छ,’ उनले भनिन्।

कविशिरोमणिकी नातिनी डा. पाण्डेले बाबाको प्रभावले त्यसबेला आफूले बाल्यावस्थामा कविताबाटै झगडा गर्ने गरेको स्मरण गरिन् । ‘बाबाका कृतिहरू यसरी एकमुष्ठ प्रकाशित भएपछि अब उहाँलाई पढ्न सजिलो भएको छ,’ डा. पाण्डेले भनिन् । कृतिका सम्पादक प्राध्यापक सनतकुमारले आफू लेखनाथको साहित्यको पुजारी रहेकाले उनको कृतिमा काम गर्न पाउनु मनले रुचाएको अनुष्ठान गर्नु रहेको जनाए । उनले नै लेखनाथको रचनाको खोजबिन गरेर कृतिलाई पूर्णता दिएका हुन् । पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App